• ट्रेण्डिङ्ग :
जनकपुरलाई पराजित गर्दै सुदूरपश्चिम एनपिएलको फाइनलमा प्रवेश

जनकपुरलाई पराजित गर्दै सुदूरपश्चिम एनपिएलको फाइनलमा प्रवेश


  • 3.0K
    SHARES
    • पौष ३, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 4.6K Views

    जनकपुरलाई पराजित गर्दै सुदूरपश्चिम एनपिएलको फाइनलमा प्रवेश

    काठमाडौँ ३ पुस । सुदूरपश्चिम रोयल्स सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो क्वालिफायर खेलमा जनकपुर बोल्ट्समाथि ८ विकेटको जित निकाल्दै सुदूरपश्चिम रोयल्स फाइनलमा प्रवेश गरेको हो ।

    images

    जितका लागि १ सय ४० रनको लक्ष्य पाएको सुदूरपश्चिमले १८.३ ओभरमा ८ विकेट गुमाउँदै लक्ष्य पुरा गर्‍यो । सुदूरपश्चिमको जितमा ओपनर विनोद भण्डारीले अर्धशतक प्रहार गरे । सैफ जैबले ३२ रनको योगदान दिए । ब्राण्डन मक्मुलनले २५ रनको योगदान दिए ।

    कप्तान दीपेन्द्र सिंह ऐरी २० रनमा नट आउट रहे । ओपनर विनोद भण्डारी पनि ५८ रनमा नट आउट रहे । बलिङमा भने ललित राजवंशी र किशोर महतोले समान १–१ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जनकपुर बोल्ट्सले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १ सय ३९ रन जोड्यो ।

    जनकपुरका लागि जिमी निशमले सर्वाधिक ४५ रन जोडे । शुभ कंसाकारले २६ रन जोडे । लाहिरु मिलन्था र हर्ष ठाकरले समान १२–१२ रन बनाए । आसिफ शेख र अरनिको यादवले समान ११–११ रन बनाए । मोहम्मद मोहसिन र शेर मल्लले समान ३–३ रन बनाए । आकाश त्रिपाठी ४ रनमा नट आउट रहँदा किशोर महतोले २ रनको योगदान दिए ।

    बलिङमा भने सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ३ विकेट लिए । सैफ जैबले २ विकेट लिए । स्कट कुग्गेलिजन र अभिनाश बोहराले समान १–१ विकेट लिए ।


    तेस्रो आँखा