• ट्रेण्डिङ्ग :
लामिछानेको तस्बिर सार्वजनिक गर्नेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन

लामिछानेको तस्बिर सार्वजनिक गर्नेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन


  • 3.2K
    SHARES
    • पौष ४, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 4.9K Views

    लामिछानेको तस्बिर सार्वजनिक गर्नेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन

    काठमाडौं ४ पुस । गृहमन्त्री रमेश लेखकले कास्की प्रहरीको हिरासतमा रहेका रास्वपाका सभापति रवि लामिछानेको तस्बिर सार्वजनिक गर्नेलाई कारबाही गर्न निर्देशन दिनु भएको छ ।

    images

    हिरासतमा रहेका लामिछानेको तस्बिर सार्वजनिक भएको विषयमा छानबिन गर्न निर्देशन दिँदै गृहमन्त्रीले तस्बिर सार्वजनिक गर्नेलाई कारबाही गर्न निर्देशन दिनु भएको हो ।

    गृहमन्त्री लेखकले बिहीबार प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवरलाई उक्त विषयमा छानबिन गर्न निर्देशन दिनु भएको हो । ‘यो विषयमा छानबिन गरी दोषी जोसुकै भए पनि कारबाहीको दायरामा ल्याउन आइजिपीलाई निर्देशन दिएको छु,’ गृहमन्त्री लेखकले भन्नुभयो, ‘हिरासतमा रहेको दाबी गरिएको तस्बिरको विषयमा प्रहरीले अनुसन्धान गर्दैछ ।’


    तेस्रो आँखा