• ट्रेण्डिङ्ग :
भियतनामको राजधानी हनोईस्थित कराओके बारमा आगलागी हुँदा ११ जनाको मृत्यु

भियतनामको राजधानी हनोईस्थित कराओके बारमा आगलागी हुँदा ११ जनाको मृत्यु


  • 2.0K
    SHARES
    • पौष ४, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 3.1K Views

    भियतनामको राजधानी हनोईस्थित कराओके बारमा आगलागी हुँदा ११ जनाको मृत्यु

    एजेन्सी ४ पुस । भियतनामको राजधानी हनोईस्थित कराओके बारमा आगलागी हुँदा ११ जनाको मृत्यु भएको छ । घटनामा अन्य दुई जना घाइते भएका छन् ।

    images

    सरकारी सञ्चारमाध्यममा सार्वजनिक भएका तस्वीरमा पश्चिमी हनोईमा कालो रङ्गको एक अग्लो भवनमा आगलागीबाट क्षति पुगेको देख्न सकिन्छ । स्थानीय समयअनुसार बुधबार राति ११:०० बजे आगलागी भएको र त्यहाँ धेरै मानिस फसेको सूचना प्राप्त भएको प्रहरीले जनाएको छ ।

    घटनालगत्तै उद्धारकर्मीहरू घटनास्थलमा पुगेका र सात जनालाई जीवितै उद्धार गरिएको छ भने दुई जनालाई अस्पताल लगिएको छ । घटनामा ११ जना मृत अवस्थामा फेला परेको प्रहरीले पुष्टि गरेको छ ।

    हनोई प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रहरीले आगलागीमा संलग्न रहेको आशंकामा केही व्यक्तिलाई नियन्त्रणमा लिइएको छ । घटनाको प्रारम्भिक अनुसन्धानबाट उक्त क्याफे जानाजानी जलाइएको थियो ।’ सरकारी सञ्चारमाध्यमले प्रत्यक्षदर्शीहरूलाई उद्धृत गरी बताएअनुसार आगो यति ठूलो थियो कि कसैले पनि भित्र फसेकाहरूलाई बचाउने आँट गरेनन् ।


    तेस्रो आँखा