• ट्रेण्डिङ्ग :
प्रधानमन्त्री ओलीसँग बङ्गलादेशका राजदूतको बिदाइ भेट

प्रधानमन्त्री ओलीसँग बङ्गलादेशका राजदूतको बिदाइ भेट


  • 2.5K
    SHARES
    • पौष ५, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 3.8K Views

    प्रधानमन्त्री ओलीसँग बङ्गलादेशका राजदूतको बिदाइ भेट

    काठमाडौँ, ५ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि  बङ्गलादेशका राजदूत सलाहुद्दिन नोमन चौधुरीले आज बिदाइ भेट गर्नुभएको छ । 

    images

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री ओलीले आपसी सम्बन्धमा योगदान दिएकामा राजदूत चौधुरीलाई धन्यवाद दिनुभयो । 

    प्रधानमन्त्री ओलीले बङ्गलादेश अन्तरिम राजनीतिक अवस्थाबाट छिटो स्थायित्वमा जाने विश्वास गर्नुभयो भने राजदुत चौधरीले नेपालको शान्ति प्रक्रिया र राजनीतिक परिवर्तनबाट बङ्गलादेशले शिक्षा लिँदै आएको अवगत गराउनुभयो । 

    भेटमा दुुई पक्षीय हितका विविध विषय तथा सहयोग आदानप्रदानबारे छलफल भएको थियो । सो अवसरमा  परराष्ट्र मन्त्रालयका अधिकारीलगायत सहभागी थिए । राजदूत चौधुरी सरुवा भइ नेपालको कार्यकाल पूरा गरी स्वदेश फर्कने तयारी छन् । 


    तेस्रो आँखा