• ट्रेण्डिङ्ग :
सुदूरपश्चिमा डा.शेखर कोइरालालाई १५ किलोको माला

सुदूरपश्चिमा डा.शेखर कोइरालालाई १५ किलोको माला


  • 2.4K
    SHARES
    • पौष ५, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 3.7K Views

    सुदूरपश्चिमा डा.शेखर कोइरालालाई १५ किलोको माला

    धनगढी, ५ पुस । सुदूरपश्चिमको भ्रमणमा रहेका नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालालाई धनगढीमा १५ किलोको माला लगाएर स्वागत गरिएको छ । नेता कोइरालालाई आगामी १५ औँ महाधिवेशनमा सभापतिका लागि अग्रिम शुभकामना स्वरूप १५ किलोको माला  लगाइएको हो । नेता कोइरालालाई धनगढी विमानस्थलमा बाजागाजा सहित भव्य स्वागत गरिएको थियो ।

    images
    Screenshot 2024-12-20 163041.jpg

    नेता कोइरालालाई धनगढी विमानस्थलमा डडेलधुराका नेता युवराज पाण्डे सहितका डडेल्धुरा कांग्रेसको तर्फबाट १५ किलोको माला लगाएको हो ।  स्वागतका लागि धनगढी विमानस्थलमा भेला भएका पार्टी कार्यकर्ताले भावी सभापति शेखर कोइराला जिन्दाबाद  सुदूरपश्चिमले के भन्छ , १५ औँ महाधिवेशनमा शेखर कोइराला ल्या भन्छ जस्ता कोइरालाको पक्षमा चर्को नारा लगाएका थिए । साथै, स्वागतका लागि थारु संस्कृति झल्कने पहिरन सहित नृत्य गरिएको थियो । स्वागत गर्ने क्रममा सुदूरपश्चिमको हुड्केली नाच पनि प्रदर्शन गरिएको थियो ।  


    दिउँसो धनगढीमै नौ ओटा जिल्लाका पार्टी कार्यकर्तालाई भेट्ने कार्यक्रम रहेका जनाइएको छ ।


    तेस्रो आँखा