• ट्रेण्डिङ्ग :
क्रिकेटर सन्दीप लामिछाने अष्ट्रेलिया प्रस्थान

क्रिकेटर सन्दीप लामिछाने अष्ट्रेलिया प्रस्थान


  • 6.0K
    SHARES
    • मंसिर ८, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 9.2K Views

    क्रिकेटर सन्दीप लामिछाने अष्ट्रेलिया प्रस्थान

    काठमाडौं, ८ मंसिर । आसन्न टी-२० बिग बास लिग ९बीबीएल०  क्रिकेट प्रतियोगिता खेल्न  नेपाल राष्ट्रिय क्रिकेट टोलीका सदस्य  सन्दिप लामिछाने आज अष्ट्रेलिया प्रस्थान गरेका छन् । सन्दीपले बुधबार सामाजिक संजालमार्फत अष्ट्रेलिया प्रस्थान गरेको जानकारी गराएका छन् । 

    images

    बीबीएल क्लब होबर्ट हुरिकेन्समा अनुबन्धित सन्दीप लगातार दोस्रो सिजन खेल्न त्यसतर्फ प्रस्थान गरेका हुन् । ५ डिसेम्बरबाट सुरू हुने लिगमा होबर्ट हुरिकेन्सले पहिलो खेल सिड्नी सिक्सर्ससँग रहेको छ । लिगमा आठ टिमको सहभागिता रहेको छ । 

    सन्दीपले बीबीएल लिगमा कुल १९ खेल खेल्दा ३४ विकेट लिएका छन् । सन्दीप बीबीएल लिग क्रिकेट खेल्ने पहिलो  नेपाली खेलाडी हुन् । 

     

  • सम्बन्धित विषय:

  • # सन्दीप लामिछाने

  • तेस्रो आँखा