• ट्रेण्डिङ्ग :
गाउँमै विषेशज्ञ डाक्टर पुगेपछि नागरिक खुशी

गाउँमै विषेशज्ञ डाक्टर पुगेपछि नागरिक खुशी


  • 3.6K
    SHARES
    • पौष ७, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 5.5K Views

    गाउँमै विषेशज्ञ डाक्टर पुगेपछि नागरिक खुशी

    गंगटे, ७ पुस । दाङको कर्णाली भनेर चिनिने बबई गाउँपालिकाको वडा नम्बर १ मा निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ । शिविरमा २ सय बढी बिरामीले निःशुल्क स्वास्थ्य जाँच गराएका छन् । 

    images

    बबई गाउँपालिका १ निवासी ९० वर्षीय शिला थापालाई शरीरमा समस्यै समस्या छ, तर अहिलेसम्म अस्पताल जानु भएको छैन । शरीरमा जस्तो सुकै दुखाइ भएपनि गाउँघरको औषधि उपचार गरेर रोग निको भएको उहाँको विश्वास छ ।

    Messenger_creation_27BDD434-8A15-42CB-9D63-B3027E4B4E2A.jpeg

    घरको आर्थिक अवस्थाले अहिले पनि अस्पताल जाने अवस्था छैन् । आफ्नै घर नजिक डाक्टर आउँछन् भन्ने सुनेर जाँच गराउन आएको थापाले बताउनुभयो । निःशुल्क शिविर हुने ठाउँमा करिब डेड घण्टा हिँडेर उपचार गर्न आउनु भएका ६० वर्षीय पिउबर कुवर र उहाँको ५५ वर्षीय श्रीमती भूमिसरा कुवरको समस्या झन् जटिल छ ।

    पिउबरलाई पिसाब लाग्न छोडेको हप्तौं दिन भयो । खाना नखाएको त झन धेरै दिनभयो । शरीरमा नदुख्ने ठाउँ कतै छैन । कहिले खुट्टाको दुखाइले हिँड्न सक्नु हुन्न त कहिले ढाडको समस्याले बसेको ठाउँबाट उठ्न गाह्रो हुन्छ ।

    विगत ८/९ वर्ष देखि गाउँघरमा घरायसी औषधिको भरमा बस्नु भएका पिउबर कुवर र उहाँको श्रीमती गाउँघरमा स्वास्थ्य जाँच गराउन पाउँदा हर्षित छन् । ‘हाम्रो लागि भगवान भनेको डाक्टर हुन् ।’ कुवर दम्पतिको भनाई छ ।

    Messenger_creation_4D269581-FDA0-4FBB-82C8-C7C23FFBA670.jpeg

    रोटरी क्लव अफ तुलसीपुर सिटीको आयोजना तथा तुलसीपुर सिटी हस्पिटलको प्राविधिक सहयोगमा बबई -१ गंगटेको आधारभूत जनता माविमा शिविरको आयोजना गरिएको हो । 

    शिविरमा पुग्नुभएका बबई -१ का ८० वर्षीय नाइने बोरेनीलाई सास फेर्न गाह्रो हुन्छ । दमको रोगले च्यापेको धेरै वर्ष भयो । वर्षौंदेखि रोग पालेर बस्नु भएकी बोरेनीले निःशुल्क स्वास्थ्य शिविरमा चेक जाँच गराउनुभयो । औषधि पाएपछि अब बाँच्छु होला भन्दै खुसीसाथ घर फर्किनु भयो ।

    स्वास्थ्य क्षेत्रमा पहुँच नपुगेका बस्ती तथा निम्न वर्गका नागरिकलाई लक्षित गरेर विशेषज्ञ सेवा सहित शिविर सञ्चालन गरिएको रोटरी क्लब अफ तुलसीपुरका अध्यक्ष विनिल केसीले बताउनुभयो ।

    शिविरमा २१२ जना बिरामीहरूलाई सेवा लिएका छन् । पुरुष भन्दा महिलाको संख्या बढी रहेको छ । शिविरमा वरिष्ठ फिजिसियन, हाडजोर्नी विशेषज्ञ र स्त्रीरोग विशेषज्ञलगायतका चिकित्सकहरुबाट बिरामीको स्वास्थ्य परीक्षण गरिएको छ ।


    निरला अर्याल
    लेखकबाट थप