• ट्रेण्डिङ्ग :
रवि लामिछाने विरुद्धको मुद्दा अदालतमा पेश

रवि लामिछाने विरुद्धको मुद्दा अदालतमा पेश


  • 3.8K
    SHARES
    • पौष ७, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 5.8K Views

    रवि लामिछाने विरुद्धको मुद्दा अदालतमा पेश

    काठमाडौं, ७ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछाने विरूद्धको मुद्दा आइतबार कास्की जिल्ला अदालतमा पेश भएको छ।

    images

    जिल्ला सरकारी वकिल कार्यालय कास्कीले जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा पेस गरेको हो।

    सरकारी वकिल कार्यालयले सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाबाट गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको आरोपमा लामिछाने सहित पूर्वडिआइजी छविलाल जोशी,लिला पछाई,कृष्ण गुरूङ लगायत ३२ जना विरूद्ध मुद्दा दर्ता गर्न लागेको हो।

    यसअघि शुक्रबार सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारी संस्थाको बचत रकम हिनामिना आरोपमा जिबी राईसहित १९ जनाविरूद्ध पुरक अभियोग दर्ता गरेको थियो ।

    उनीविरूद्ध १० वर्षसम्म कैद र डेढ अर्ब असुल गर्न माग गरेको थियो। त्यतिबेला राईविरूद्ध मुद्दा दर्ता गरिएको भएपनि लामिछानेविरूद्ध भने मुद्दा दर्ता गरेको थिएन। सहकारी ठगी प्रकरणमा लामिछानेलाई गत कार्तिक २ गते पार्टी केन्द्रीय कार्यालय बनस्थलीबाट प्रहरीले पक्राउ गरेको थियो ।


    तेस्रो आँखा