सर्लाही, ७ पुस / लालबन्दी नगरपालिका-१५ तीनतले देउराली निवासी ६५ वर्षीया विष्णुमाया बम्जनको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ईश्वरपुर नगरपालिका-१२ घारिबथान निवासी ४८ वर्षीय बीर बहादुर मोक्तान रहेको प्रहरीले जनाएको छ ।
बीरबहादुरले गत मंसिर २८ गते राति ढुङ्गा प्रहार गर्दा बिष्णुमाया गम्भीर घाइते भएको भन्ने खबर प्राप्त भएपछि अस्थायी प्रहरी पोष्ट परवानीपुरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको थियो । गम्भीर घाइते भएकी बिष्णुमायाको लालबन्दीस्थित म्याक्स हस्पिटलमा थप उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
