• ट्रेण्डिङ्ग :
सरकार ढल्नेकुरा काग कराए जस्तै हो : सञ्चारमन्त्री गुरुङ

सरकार ढल्नेकुरा काग कराए जस्तै हो : सञ्चारमन्त्री गुरुङ


  • 2.2K
    SHARES
    • पौष ७, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 3.3K Views

    सरकार ढल्नेकुरा काग कराए जस्तै हो : सञ्चारमन्त्री  गुरुङ

    काठमाडौं, ७ पुस । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकार ढल्छ भन्नु काग कराए जस्तै भएको टिप्पणी गर्नुभएको छ ।

    images

    आईतवार सिंहदरबारमा मन्त्रीपरिषद् बैठकका निर्णय सुनाउने क्रममा सञ्चारकर्मीहरुले सोधेका प्रश्नको जवाफ दिँदै उहाँले वर्तमान सरकार आगामी निर्वाचनसम्म नै जाने दाबी गर्नुभएको छ ।

    उहाँले अहिलेको सरकार बनेको मन नपराउनेहरुले नै सरकार ढल्ने भ्रम फैल्याएको बताउनु भएको छ।

    उहाँले राष्ट्रिय संकट निवारणका दुई राजनीतिक दलबीच सहमति भएकाले सरकार ०८४ सम्मै टिक्ने दाबी गर्नुभयो । ‘सरकार बनेको दिनदेखि दुई वटा कुरा चलिरहेको हुन्छ, यो सरकार ढल्दैन र यो सरकार ढल्छ भन्ने । सबै पार्टीले छोडेर गएपनि दुई ठूला राजनीतिक दलहरु मिलेका छौँ । त्यसैले यो सरकार ढल्दैन । किनभने १६७ सिट त हुन्छ । तेस्रो, चौथो पार्टीलाई गुहारि राख्न परेन । सांसदहरुको चाकडी गरिरहनु परेन, मन्त्री, पार्टीका नेताहरुलाई फकाइराख्नु परेन,’उनले भने,‘राष्ट्रिय संकट निवारणका लागि हामी दुइ वटा पार्टी भइरहनुपर्छ भन्ने ठानेसम्म यो सरकार ढल्दैन । काग त कराउँदै गर्छ, पिनास सुक्दै गर्छ, हात्ति लम्किँदै गर्छ, कुकुर भुक्दै गर्छ । यो यस्तै हो । सरकार गिर्छ, सरकार गिर्छ भनेको काग कराए जस्तै हो । यो सरकार चलिरहन्छ ।’

    मन्त्री गुरुङले अर्को निर्वाचनसम्मका लागि वर्तमान सरकार नै कायम रहने बताउनुभयो ।


    तेस्रो आँखा