• ट्रेण्डिङ्ग :
जेसीजको राष्ट्रिय अध्यक्षमा रजनी थापा विजयी

जेसीजको राष्ट्रिय अध्यक्षमा रजनी थापा विजयी


  • 3.0K
    SHARES
    • पौष ९, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 4.6K Views

    जेसीजको राष्ट्रिय अध्यक्षमा रजनी थापा विजयी

    काठमाडौं, ८ पुस । पुस ६ देखि पुस ८ गतेसम्म इटहरीमा सम्पन्न ५१ औं महाधिवेशनले रजनी थापालाई नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा चयन गरेको छ ।

    images

    २०२५ का लागि अध्यक्ष बन्नुभएकी थापाले ७६२ मत प्राप्त गरिन् भने उहाँका निकटतम प्रतिद्वन्द्वी जीवन कार्कीले ४५३ मत मात्र पाउनु भएको थियो । महाधिवेशनमा सहभागी गोरखा जेसीजका पूर्वअध्यक्ष शरण श्रेष्ठका अनुसार गए राति सम्पन्न मतगणनामा थापाले विजयी सुनिश्चित गर्नुभएको थियो ।

    राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा गणेश सापकोटा, एलिना महर्जन, कृष्ण सापकोटा, र सौरभ श्रेष्ठ निर्वाचित भएका छन् । यस पदका लागि आठ उम्मेदवारबीच भएको प्रतिस्पर्धामा यी चार जनाले सफलता हात पारे ।

    राष्ट्रिय उपाध्यक्ष पदमा १२ जनाले जित हात पारेका छन् । विजयी हुनेहरूमा सन्दीप खत्री, दीपक अधिकारी, धनराज कँडेल, सुजन थापा काजी, संगम कार्की, बविता पाण्डे, अभिषेक दुलाल, सुमित्रा भट्टराई, उज्ज्वल काबरा, सुवास गौतम, राघव कोइराला, र मनिप्रसाद अर्याल रहेका छन् । महासचिव र कोषाध्यक्ष पद भने मनोनीत हुने व्यवस्था छ ।

    थापा २०७९ सालको स्थानीय तह निर्वाचनमा टोखा नगरपालिकाको मेयर पदका लागि नेपाली कांग्रेसबाट उम्मेदवार हुनुहुन्थियो । यद्यपि उहाँले त्यो निर्वाचनमा पराजय भोग्नु भएको हो। सन् २०१९ मा मनोहरा जेसीजको अध्यक्षका रूपमा जिम्मेवारी सम्हालिसकेकी थापाले सन् २०२१ मा राष्ट्रिय उपाध्यक्ष र सन् २०२३ मा राष्ट्रिय कार्यकारिणी उपाध्यक्षको भूमिका निर्वाह गरिसक्नु भएको छ ।


    तेस्रो आँखा