• ट्रेण्डिङ्ग :
नेप्से परिसूचकमा दोहोरो अंकको बृद्धि

नेप्से परिसूचकमा दोहोरो अंकको बृद्धि


  • 2.0K
    SHARES
    • पौष ९, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 3.0K Views

    नेप्से परिसूचकमा दोहोरो अंकको बृद्धि

    काठमाडौं ९ पुस । मंगलबार पनि नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । नेप्से १४.११ अंकले बढेर २६२६.३१ विन्दुमा बन्द भएको छ । यसदिन नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ ।

    images

    गत कारोबार दिन अर्थात् सोमबार ४ अर्ब ४३ करोडको सेयर कारोबार भएकोमा मंगलबार ५ अर्ब २० करोडको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकममा ७७ करोड रूपैयाँ वृद्धि भएको हो । आज ३१२ वटा धितोपत्रको एक करोड २७ लाख ४६ हजार ४१० कित्ता सेयर किनबेच भएको हो ।

    मंगलबार १६७ कम्पनीको सेयर मूल्य बढेको छ भने ७१ वटाको घटेको छ। यस्तै छ कम्पनीको मूल्य स्थिर रहेको छ। यसदिन तीन कम्पनीको सेयर मूल्य सर्किट लेभलमा बढेको छ। आत्मनिर्भर लघुवित्त, गुराँस लघुवित्त र सामुदायिक लघुवित्तको मूल्य १० प्रतिशतका दरले बढेको छ। यस्तै, सपोर्ट माइक्रोफाइनान्सको मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य तीन हजार ६२३ रूपैयाँ ६० पैसामा झरेको छ।

    दोस्रोमा जानकी फाइनान्सको मूल्य ८ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ९०८ रूपैयाँ कायम भएको छ। मंगलबार जानकी फाइनान्सको सर्वाधिक कारोबार भएको छ। कम्पनीको प्रतिकित्ता मूल्य ९०८ रूपैयाँमा २० करोड ७ लाख रूपैयाँको सेयर कारोबार भएको छ । सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा जोशी हाइड्रोपावर रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ५११ रूपैयाँ ४० पैसामा १९ करोड २७ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।  

    आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये उत्पादन तथा प्रशोधन र व्यापार समूहको परिसूचक घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो। यस दिन विकास बैंक समूहको परिसूचक सर्वाधिक १.७५ प्रतिशतले बढेको छ। त्यस्तै, उत्पादन तथा प्रशोधन समूहको परिसूचक सर्वाधिक २.३२ प्रतिशतले घटेको छ।


    तेस्रो आँखा