• ट्रेण्डिङ्ग :
संविधान संशोधन गर्न सरकारले आवश्यक गृहकार्य अघि बढाइसकेको छ : गृहमन्त्री लेखक

संविधान संशोधन गर्न सरकारले आवश्यक गृहकार्य अघि बढाइसकेको छ : गृहमन्त्री लेखक


  • 2.5K
    SHARES
    • पौष ९, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 3.9K Views

    संविधान संशोधन गर्न सरकारले आवश्यक गृहकार्य अघि बढाइसकेको छ : गृहमन्त्री लेखक

    काठमाडौं, ९ पुस । गृहमन्त्री रमेश लेखकले संविधान संशोधन गर्न कार्यदल चाँडै बनाइने बताउनु भएको छ । संविधान संशोधन गर्न सरकारले आवश्यक गृहकार्य अघि बढाइसकेको उहाँले बताउनु भएको हो ।

    images

    नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घको नवौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले सबै दलसँग सहमति जुटाएर समयसापेक्ष रुपमा संविधान संशोधन गरिने बताउनु भएको छ ।

    संविधान संशोधन गर्नका लागि आवश्यक गृहकार्य गर्न कांग्रेस र एमालेले केही दिनमा बेग्लाबेग्लै कार्यदल बनाउन लागेको उहाँले जानकारी दिनुभयो ।

    ‘पहिला हामी छलफल गरेर विषयको पहिचान गर्छौँ । त्यसपछि सबै राजनीतिक दलसँग चरणबद्धरुपमा वार्ता र संवाद गर्छौँ’, गृहमन्त्री लेखकले उहाँ भन्नुभयो, ‘त्यसपछि विषयवस्तुमा सहमति गरेर संविधान संशोधन हुन्छ । यसका लागि केही समय लाग्छ ।’

    समावेशितालाई कमजोर बनाउन होइन बरु थप सुदृढ गरेर संविधान संशोधन गर्न लागिएको उहाँको भनाइ थियो ।


    तेस्रो आँखा