• ट्रेण्डिङ्ग :
६७ जना सवार अजरबैजान एअरलाइन्सको विमान कजाकिस्तानमा दुर्घटना

६७ जना सवार अजरबैजान एअरलाइन्सको विमान कजाकिस्तानमा दुर्घटना


  • 2.1K
    SHARES
    • पौष १०, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 3.2K Views

    ६७ जना सवार अजरबैजान एअरलाइन्सको विमान कजाकिस्तानमा दुर्घटना

    काठमाडौं १० पुस । कजाकिस्तानको अक्ताउ शहरमा बुधबार यात्रुवाहक विमान दुर्घटनामा परेको छ । प्रारम्भिक रिपोर्टमा केही हताहतीको सम्भावना रहेको बताइएको छ ।

    images

    स्थानीय अधिकारीकाअनुसार विमानमा ६७ जना सवार थिए । विमान दुर्घटनाको कारण भने अहिलेसम्म खुल्न सकेको छैन । काजाकिस्तानको आपत्‌कालीन मन्त्रालयले अहिले दुर्घटनास्थलमा पुग्न प्रयास भइरहेको जनाएको छ ।

    समाचार एजेन्सी रोयटर्सले रुसी समाचार एजेन्सीहरूलाई उद्धृत गर्दै यो विमान अजरबैजान एअरलाइन्सको रहेको बताएको छ, जुन बाकुबाट रुसको चेचन्याको ग्रोज्नी जाँदै थियो । तर, बाक्लो हुस्सुका कारण उक्त विमानको रुट परिवर्तन गरिएको थियो । अजरबैजान एअरलाइन्सको तर्फबाट अहिलेसम्म कुनै बयान आएको छैन ।


    तेस्रो आँखा