• ट्रेण्डिङ्ग :
कजाखस्तानमा विमान दुर्घटनामा परेका २५ जनाको जीवितै उद्धार

कजाखस्तानमा विमान दुर्घटनामा परेका २५ जनाको जीवितै उद्धार


  • 2.1K
    SHARES
    • पौष १०, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 3.2K Views

    कजाखस्तानमा विमान दुर्घटनामा परेका २५ जनाको जीवितै उद्धार

    एजेन्सी १० पुस । कजाखस्तानको विपत् व्यवस्थापन मन्त्रालयले २५ जना जीवितै रहेको र तीमध्ये २२ जनालाई अस्पताल लगिएको जनाएको छ । एम्ब्रेयर १९० विमानमा ६२ यात्रु र चालक दलका पाँच सदस्य गरी ६७ जना रहेको यातायात मन्त्रालयले जनाएको छ ।

    images

    अजरबैजान एयरलाइन्सले सञ्चालन गरेको उक्त विमान अक्ताउ शहर नजिकै खसेपछि आगो लागेको अधिकारीहरुले बताएका छन् । दुर्घटनाको कारण खुल्न सकेको छैन । अजरबैजान एयरलाइन्सको जे२/८२४३ विमान अजरबैजानको राजधानी बाकुबाट रुसको ग्रोज्नीका लागि उडेको थियो । आँधीबेहरीका कारण यसलाई ‘डाइभर्ट’ गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । रासस


    तेस्रो आँखा