• ट्रेण्डिङ्ग :
कांग्रेसले १०० दिने अभियान माघ १६ गतेसम्म सञ्चालन गर्ने

कांग्रेसले १०० दिने अभियान माघ १६ गतेसम्म सञ्चालन गर्ने


  • 3.9K
    SHARES
    • पौष ११, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 6.0K Views

    कांग्रेसले १०० दिने अभियान माघ १६ गतेसम्म सञ्चालन गर्ने

    काठमाडौं ११ पुस । नेपाली कांग्रेसले १०० दिने विशेष अभियान माघ १६ गतेसम्म सञ्चालन गर्ने भएको छ । केही जिल्लाहरूमा १०० दिने विशेष अभियान ढिला सुरू भएकोले माघ १६ गतेसम्म सक्न समय थप गरिएको हो ।

    images

    कांग्रेसले असोज ७ गते अभियान सुरू गरेको थियो । यो अभियान राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको दिन पुस १६ गते समापन गर्ने तयारी भइरहेका बेला अभियानको समयसीमा बढाइएको हो ।

    कांग्रेसले केन्द्रीय समितिबाट निर्णय गरी सांगठनिक गतिविधि प्रभावकारी बनाउन असोज ७ गतेदेखि पुस १६ गतेसम्म १०० दिने विशेष अभियान चलाउने निर्णय गरेको थियो । बाढीपहिरो र स्थानीय तह उपचुनावका कारण विभिन्न जिल्लामा अभियान समयमै सुरू हुन सकेको थिएन । ती जिल्लाहरूले सहिद दिवसका दिन १६ माघ २०८१ समापन गर्ने गरी अभियानको समयावधि थप गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताउनुभयो । 

    जिल्लामा तोकिएका केन्द्रीय प्रतिनिधि, प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति लगायतका सबै समिति र सम्बद्ध सबैलाई थप अवधिमा व्यवस्थित रूपले काम अघि बढाउन पनि कांग्रेस केन्द्रीय कार्यालयले आग्रह गरेको छ । कांग्रेसले केन्द्रीय सदस्यहरूलाई जिल्ला तोकेर संगठन सुदृढीकरणलगायत काममा खटाएको छ ।


    तेस्रो आँखा