• ट्रेण्डिङ्ग :
हेटौँडाबाट गैँडाको खागसहित एक जना पक्राउ

हेटौँडाबाट गैँडाको खागसहित एक जना पक्राउ


  • 2.8K
    SHARES
    • पौष ११, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 4.2K Views

    हेटौँडाबाट गैँडाको खागसहित एक जना पक्राउ

    चितवन ११ पुस । चितवन राष्ट्रिय निकुञ्जका सेनाको टोलीले हेटौँडाबाट गैँडाको खागसहित एक जनालाई पक्राउ गरेको छ ।

    images

    बिहीबार बिहान ११ बजे मकवानपुरको हेटौँडा उपमहानगरपालिका–५ स्थित गर्दई र हेटौँडा–८ को सिमानास्थित प्लटिङमा निकुञ्जबाट खटिएको सेनाको टोलीले गैँडाको खागसहित तस्करलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिनुभयो ।

    खाग तस्कर भाग्न खोजेपछि पाँच राउण्ड हवाइ फायर गरिएको उहाँले बताउनु भयो । विशेष सुराकीका आधारमा चितवन राष्ट्रिय निकुञ्ज संरक्षण अधिकृतको नेतृत्वमा हेटौँडा आएको टोलीले गैँडाको खागसहित एक जनालाई पक्राउ गरेको प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काले उल्लेख गर्नुभयो ।

    घटनाबारे पूर्ण जानकारी निकुञ्जमार्फत सार्वजनिक गरिने भन्दै उहाँले तस्करीमा संलग्न व्यक्तिलाई पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा लगिएको जानकारी दिनुभयो । प्रहरी उपरीक्षक खड्काका अनुसार विशेष सुराकीका आधारमा तस्कर पक्राउ गर्न दुई वटा सवारीसाधनमा हेटौँडा आएका आठ जना सेनाको टोलीले तस्कर भाग्न खोज्दा हवाई फायर गरेको थियो ।


    तेस्रो आँखा