• ट्रेण्डिङ्ग :
भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन

भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन


  • 3.3K
    SHARES
    • पौष १२, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 5.1K Views

    भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन

    काठमाडौं १२ पुस । भारतका पूर्वप्रधानमन्त्री तथा कांग्रेसका वरिष्ठ नेता मनमोहन सिंहको निधन भएको छ । उनी सन् २००४ देखि २०१४ सम्म दुई कार्यकाल भारतका प्रधानमन्त्री थिए।

    images

    राजधानी नयाँदिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एआइआइएमएस) अस्पतालमा बिहीबार राति ९ बजेर ५१ मिनेटमा उनको निधन भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।

    लामो समयदेखि बिरामी उनलाई बिहीबार साँझ स्वास्थ्य समस्या आएपछि अस्पताल भर्ना गरिएको थियो । उनी ९२ वर्षका थिए ।

    भारतलाई आर्थिक उदारीकरणमा लैजान महत्त्वपूर्ण भूमिका खेलेका सिंहको जन्म सन् १९३२ सेप्टेम्बर २६ मा भएको थियो। उनी अविभाजित भारतको पञ्जाब प्रान्तको एउटा गाउँमा जन्मिएका थिए।

     


    तेस्रो आँखा