• ट्रेण्डिङ्ग :
धनगढीमा मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु

धनगढीमा मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु


  • 3.8K
    SHARES
    • पौष १२, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 5.9K Views

    धनगढीमा मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु

    धनगढी, १२ पुस । धनगढीमा मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–३ को लक्ष्मी नर्सरी नजिकै सुदूरपश्चिम प्रदेश ०१–०१२ प ७११ नम्बरको मोटरसाइकललाई सुदूरपश्चिम प्रदेश ०१–२९४१६ नम्बरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिँदा बाजुराको बडिमालिका नगरपालिका–७ का धर्म खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    images

    खत्री सुदूरपश्चिम प्रदेश ०१०१२ प ७११ नम्बरको मोटरसाइकलको पछाडि सवार रहेको कैलालीका प्रहरी नायब उपरीक्षक कबिन्द्र सिंह बोहराले जानकारी दिए । गम्भीर अवस्थाका खत्रीलाई उपचारका लागि माया मेट्रो अस्पतालमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको बोहराले बताउनुभयो ।

    पछाडिबाट ठक्कर दिने अर्को मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका–३ बस्ने २५ वर्षीय पुरन शाहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

     

     


    तेस्रो आँखा