• ट्रेण्डिङ्ग :
दक्षिण कोरियामा भएको विमान दुर्घटनामा कम्तीमा ८५ जनाको मृत्यु

दक्षिण कोरियामा भएको विमान दुर्घटनामा कम्तीमा ८५ जनाको मृत्यु


  • 3.6K
    SHARES
    • पौष १४, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 5.6K Views

    दक्षिण कोरियामा भएको विमान दुर्घटनामा कम्तीमा ८५ जनाको मृत्यु

    काठमाडौं १४ पुस । दक्षिण कोरियामा १८१ यात्रु बोकेको एउटा विमान एउटा विमानस्थलमा दुर्घटनाग्रस्त हुँदा कम्तीमा ८५ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ४६ महिला र ३९ जना पुरुषको मृत्यु भएको हो ।

    images

    विमान दक्षिण पश्चिममा पर्ने मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा रन वेबाट उछिट्टिएर पर्खालमा ठोक्किएको थियो । जेजु एअरको उक्त विमानमा १७५ जना यात्रु र ६ जना चालक दलका सदस्य थिए । सो विमान थाइल्यान्डको ब्याङ्ककबाट फर्किरहेको थियो ।

    केही व्यक्तिको जीवितै उद्धार गरिएको छ र उद्धार प्रयासहरू जारी रहेको दक्षिण कोरियाको अग्नि नियन्त्रण सेवाले जनाएको छ । एक जना विमानस्थलका अधिकारीले विमानको पछिल्लो भागबाट मानिसहरूलाई उद्धार गर्ने प्रयास भइरहेको जनाएका छन् । सो विमानमा १७३ जना दक्षिण कोरियाका नागरिक र दुई जना थाई नागरिकहरू रहेका योन्हापले जनाएको छ ।

    दुर्घटनाको कारण खुलेको छैन तर स्थानीय सञ्चारमाध्यमहरूले विमानको प्रणालीमा चराले क्षति पुर्‍याउँदा यस्तो भएको हुनसक्ने विवरणहरू प्रकाशित गरिरहेका छन् । तस्बिरहरूमा विमानको तल्लो भाग घिस्रिएको र त्यसले एउटा पर्खालमा ठक्कर दिएपछि पड्किएको देख्न सकिन्छ ।

    उक्त विमानस्थलले सबै उडानहरू बन्द गरेको छ । मुआन राजधानी सोलबाट करिब २८८ किलोमिटर दक्षिणमा पर्छ । जेजु एअरको इतिहासमा यो पहिलो दुर्घटना हो । सन् २००५ मा स्थापित जेजु एअर दक्षिण कोरियाकै सर्वाधिक ठूलो मध्येको कम बजेटमा उडान सेवा प्रदान गर्ने वायुसेवा हो । -बीबीसी


    तेस्रो आँखा