• ट्रेण्डिङ्ग :
दक्षिण कोरिया विमान दुर्घटना : मृतकको संख्या १२० पुग्यो

दक्षिण कोरिया विमान दुर्घटना : मृतकको संख्या १२० पुग्यो


  • 4.5K
    SHARES
    • पौष १४, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 6.9K Views

    दक्षिण कोरिया  विमान  दुर्घटना : मृतकको संख्या १२० पुग्यो

    काठमाडौं १४ पुस । दक्षिण कोरियामा १८१ यात्रु बोकेको एउटा विमान एउटा विमानस्थलमा दुर्घटनाग्रस्त हुँदा कम्तीमा १२० जनाको ज्यान गएको देशको अग्नि नियन्त्रण सेवाले जनाएको छ ।

    images

    जेजु एअरको बोइङ ७३७ विमानमा १७५ जना यात्रु र ६ जना चालक दलका सदस्य थिए । सो विमान थाइल्यान्डको ब्याङ्ककबाट फर्किरहेको थियो र उक्त दुर्घटना अवतरणको समयमा भएको विवरण आएका छन् ।

    देशको दक्षिण पश्चिममा पर्ने मुआन अन्तर्राष्ट्रिय विमानस्थलको  रन वेबाट घिस्रिएको उक्त विमान पर्खालमा ठोक्किएको थियो ।न्याश्नल फायर एजेन्सीले १२० जनाको मृत्यु भएको र २ जनाको सकुशल उद्धार गरिएको जनाएको छ ।

    दक्षिण कोरियाको अग्नि नियन्त्रण निकायका अधिकारीहरूले अधिकांश यात्रुले ज्यान गुमाएको हुनसक्ने बताएका छन् । त्यसअघि विमानस्थलका एक अधिकारीले विमानको पछिल्लो भागबाट मानिसहरूलाई उद्धार गर्ने प्रयास भइरहेको जनाएका छन् ।


    तेस्रो आँखा