• ट्रेण्डिङ्ग :
प्रतिनिधिसभाको सचिवमा हर्कराज राई

प्रतिनिधिसभाको सचिवमा हर्कराज राई


  • 2.0K
    SHARES
    • पौष १४, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 3.1K Views

    प्रतिनिधिसभाको सचिवमा हर्कराज राई

    काठमाडौं १४ पुस । प्रतिनिधिसभाको सचिवमा झापाका हर्कराज राई सिफारिस भएका छन् । सभामुख देवराज घिमिरेले आइतबार बिहान राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेर संविधानको धारा १०६ बमोजिम सचिव नियुक्तिको सिफारिस गरेका हुन् ।

    images

    प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले ०८१ मंसिर ९ गते राजीनामा दिएपछि सो पद रिक्त थियो । झापाको शिवसताक्षी–२ निवासी राईले सार्वजनिक प्रशासनमा एमफिल, राजनीति शास्त्र तथा ग्रामीण विकासमा स्नातकोत्तर र अंग्रेजी साहित्य तथा पत्रकारितामा स्नातक गरेका छन् । 


    तेस्रो आँखा