• ट्रेण्डिङ्ग :
दक्षिण कोरियामा भएको जहाज दुर्घटनामा मृत्यु हुनेको संख्या १५१ पुग्यो

दक्षिण कोरियामा भएको जहाज दुर्घटनामा मृत्यु हुनेको संख्या १५१ पुग्यो


  • 2.5K
    SHARES
    • पौष १४, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 3.9K Views

    दक्षिण कोरियामा भएको जहाज दुर्घटनामा मृत्यु हुनेको संख्या १५१ पुग्यो

    काठमाडौं १४ पुस । दक्षिण कोरियामा १८१ यात्रु बोकेको जहाज दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १५१ पुगेको अग्नि नियन्त्रण सेवाले जनाएको छ ।

    images

    जेजु एअरको बोइङ ७३७ विमानमा १७५ जना यात्रु र ६ जना चालक दलका सदस्य सवार थिए । मृतकमध्ये ७१ जना महिला र ७१ जना पुरुष रहेका छन् भने अन्य शवको हालसम्म लिङ्ग पहिचान गर्न सकिएको छैन । उक्त विमान थाइल्यान्डको ब्याङ्ककबाट फर्किरहेको थियो र उक्त दुर्घटना अवतरणको समयमा भएको हो ।

    देशको दक्षिण पश्चिममा पर्ने मुआन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट घिस्रिएको उक्त विमान पर्खालमा ठोक्किएको थियो । न्याश्नल फायर एजेन्सीले अधिकांश यात्रुले ज्यान गुमाएको हुन सक्ने बताएको छ ।

    अधिकारीहरूले त्यहाँ अग्नि नियन्त्रक, प्रहरी र उद्धारकर्ताहरू गरी हाल १ हजार ५ सय जनाभन्दा बढी मानिसहरू खटिएको जनाएका छन् । त्यसअघि विमानस्थलका एक अधिकारीले विमानको पछिल्लो भागबाट मानिसहरूलाई उद्धार गर्ने प्रयास भइरहेको जनाएका छन् ।


    तेस्रो आँखा