• ट्रेण्डिङ्ग :
हुम्लामा लगातार हिमपात

हुम्लामा लगातार हिमपात


  • 3.3K
    SHARES
    • पौष १४, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 5.1K Views

    हुम्लामा लगातार हिमपात

    हुम्ला, १४ पुस । हुम्लामा पुस १२ गतेदेखि लगातार भारी हिमपात भएपछि उत्तरी भेगस्थित नाम्खा गाउँपालिकामा एक फिट हिउँ जमेको छ । लगातार तीन दिनसम्म हिमपात हुँदा सडक र हवाई यातायातका साथै दैनिक काम प्रभावित बनेको हो ।

    images

    हिमपात भएपछि नाम्खामा एक फिटभन्दा बढी हिउँ जमेको गाउँपालिकाका पूर्वअध्यक्ष विष्णु लामाले जानकारी दिनुभयो । “गाई झोपा र जुमागोठभित्रै छन् भने चौरी गाई छाडा भएका छन् । एक गाउँबाट अर्को गाउँसम्म जान अप्ठारो भएको छ, सदरमुकाम सिमकोटबाट सामान ढुवानी गर्न पनि कठिनाइ भइरहेको छ”, उहाँले भन्नुभयो ।

    सिमकोट हुने सबै हवाई यातायत बन्द भएको हवाई उड्डयान कार्यालयले जानकारी गराएको छ । चिसो बढेपछि विभिन्न ठाउँमा बुढापाका, बालबच्चाहरू आगो तापेर बबस्न थालेका छन् । यसवर्ष बिहान र बेलुका चिसो अत्यधिक बढेको स्थानीयले बताएका छन् ।


    तेस्रो आँखा