• ट्रेण्डिङ्ग :
राँको बालेर भुवा पर्व मनाइयो

राँको बालेर भुवा पर्व मनाइयो


  • 3.3K
    SHARES
    • पौष १५, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 5.0K Views

    राँको बालेर भुवा पर्व मनाइयो

    कालिकोट, १५ पुस । परम्परागत रूपमा मनाइँदै आएको भुवा औंसीका अवसरमा पलाँता र पचालझरनामा राँको बालेर मनाइएको छ । लोप हुन लागेको भुवा औंसी तथा भैलो खेलेर मनाइने चलनअनुसार परम्परागत संस्कृतिको संरक्षण गर्ने अवस्थामा पलाँतामा भने राँको बालेर मनाइएको हो ।

    images

    पलाँता गाउँपालिकाको थिर्पू, धौलागोह, खीनको छलँहा, पचालझरनाका जारकोट, राम्नाकोट, खार्दुलगायतका ठाउँमा राँको बालेर पुस १५ को अघिल्लो दिन भुवा औंसी मनाउने चलन छ ।

    पुस १५ मा तिहारको रुपमा मनाउने र अघिल्लो दिन रमाइलो गर्ने चलन चल्तीअनुसार राँको बालेर भुवा औंसी मनाइएको पलाँता गाउँ पालिका अध्यक्ष विष्णु रोकायाले बताउनु भएको छ ।

    माथिल्लो कर्णालीमा भुवा औंसीका रूपमा मनाइने चलनअनुसार भैली पनि खेल्ने चलन पछिल्लो समयमा हराउँदै गएको प्रति बुढापाका चिन्तित छन् । ुपरम्परा मासिँदै गएको छ,ु खार्दु गाउँका ७७ वर्षीय नरिमाने कठायतले भने, ुसंरक्षण गर्न युवा पुस्ता लाग्नु पर्छ ।ु

    भुवामा भैली पनि खेल्ने चलन रहेको सिकुकार ८१ वर्षीय धन्नाम खडकाले बताए । उनले तिहारपछि खेलिने देउसी भन्दा पनि पुसमा भैलो खेल्ने गरेको स्मरण गर्दै अहिले हराउँदै गएको बताउनुभयो ।


    तेस्रो आँखा