काठमाडौँ १५ पुस । इथियोपियामा बस दुर्घटना हुँदा ७१ जनाको मृत्यु भएको छ । स्थानीय प्रहरी अधिकारीका अनुसार दक्षिण इथियोपियामा आइतबार सडक दुर्घटना हुँदा ६८ पुरुष र तीन महिला गरी ७१ जनाको मृत्यु भएको हो ।
स्थानीय समयअनुसार आइतबार साँझ ५ः३० बजेतिर गाडी सडकबाट नदीमा खसेको हो । घटनामा अन्य दुई जना गम्भीर घाइते भएका छन् । राजधानी अदिस अबाबाबाट करिब ३०० किलोमिटर दक्षिणमा रहेको सिदामा राज्यको बोना जुरिया वोर्डामा दुर्घटना भएको हो ।
