• ट्रेण्डिङ्ग :
नयाँ पार्टी खोल्ने तयारीमा रावल

नयाँ पार्टी खोल्ने तयारीमा रावल


  • 2.6K
    SHARES
    • पौष १५, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 4.1K Views

    नयाँ पार्टी खोल्ने तयारीमा रावल

    काठमाडौं १५ पुस । नेकपा एमालेबाट निस्कासित भएपछि डा. भीम रावलले नयाँ पार्टी खोल्ने तयारी गरेका छन् । नयाँ पार्टी खोल्ने तयारीमा रहेका रावलले सुदूरपश्चिमका विभिन्न पार्टीका नेताहरूसँग छलफल गरिरहेका छन् ।

    images

    जस अन्तर्गत नेता रावलले डडेलधुराका दुई प्रभावशाली नेताहरूसँग भेटवार्ता गरेका छन् । पूर्व सांसद कर्ण मल्ल र सुदूरपश्चिम प्रदेश सभाका स्वतन्त्र सांसद डा तारा जोशीसँग रावलले छलफल गरेका हुन् । मल्ल पूर्व काँग्रेसी हुन् भने जोशी पूर्व एमाले हुन् ।

    सुदूरपश्चिम प्रदेशमा राम्रो पकड भएका भनिएका मल्ल र जोशीले सोमबार नेता रावललाई भेट्न रावल निवास टोखा पुगेका थिए । उनीहरू दुवै जनाले रावलको भावी राजनैतिक कदमबारे चासो राखेका थिए । रावल भेट्न पुगेका मल्ल र जोशी दुवैले आगामी यात्रामा साथ दिन सक्ने संकेत गरेको स्रोतले जनाएको छ ।


    तेस्रो आँखा