नारायण भण्डारी डिसेम्बर २९, हटो , टेक्सास
टेक्सासको राजधानी शहर अस्टिन लगाएत यसको बरपर बस्ने नेपालीहरुले अंग्रेज़ी नयॉ बर्ष २०२५ को अवसरमा खुसी साटन र शुभकामना आदान-प्रदान गर्न आईतबार वन भोज कार्यक्रम संम्पन्न गरेका छन । स्थानीय नेपाली समाजको अग्रसरतामा हटो सिटीको आदम ओर्गेन पार्कमा आईतबार वन भोज कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा नेपाली समुदायको ब्यापक उपस्थिति रहेको थियो । कार्यक्रममा विभिन्न मनोरंजनात्मक खेल-कूद, लगायत नाचगानले सहभागीहरुलाई मनोरंजन दिएको थियो ।
बालबालिकाहरुका लागि हट पोटेटो, युवाहरुका लागि भलिबल र लोक गीत संगीत प्रेमीहरु लोक दोहोरी गित संगीतमा रमाएका थिए । साथमा पन्चे बाजाले कार्यक्रमको रौनक़ नै थपेको थियो । कार्यक्रममा ६ सय बढिको सहभागिता रहेको थियो । बेला बेला रमाउने अबसर पारेर आयोजना गरिने यस्ता कार्यक्रमले नेपालीहरुलाई दुख सुख साटने, एक अर्कामा चिन्ने चिनाउने अबसर प्रदान गर्दछ
विगत केहि समय देखि अस्टिनवासी नेपालीहरु बिच केहि सामाजिक संघ संस्थामा भएका अलोकप्रिय गतिविधिले नेपाली समाज विभाजनको स्थितिमा पुग्न लागेको अनुमान गर्न थालिएको थियो । सबै जम्मा भएर रमाईलो गर्दा , खुसी हुने र संम्वाद गर्ने अवसरले सामाजिक एकता कायम रहने भन्दै कार्यक्रममा सहभागी केहि अग्रजहरुले आफ्ना विचार राखे । कार्यक्रमका केहि तस्विरहरु

नारायण भण्डारी
