• ट्रेण्डिङ्ग :
बालिका बलात्कारको अभियोगमा युवक पक्राउ

बालिका बलात्कारको अभियोगमा युवक पक्राउ


  • 2.4K
    SHARES
    • पौष १६, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 3.7K Views

    बालिका बलात्कारको अभियोगमा युवक पक्राउ

    धनकुटा, १६ पुस/ धनकुटामा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २५ वर्षीय युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा चौबिसे गाउँपालिका-२ निवासी २५ वर्षीय मेख बहादुर लिम्बु रहेको प्रहरीले जनाएको छ ।

    images

    लिम्बुलाई प्रहरीले सोमबार पक्राउ गरेको हो । लिम्बुले ती बालिकालाई ललाई फकाई चौबिसे ६ राजारानीस्थित होटलमा लगेर पुस ८ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी मुढेबासबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


    तेस्रो आँखा