तुलसीपुर १६ पुस । गोरखा सेकेन्डरी स्कुल तुलसीपुर दाङको आज सम्पन्न साता ब्यापी खेलकुद कार्यक्रममा रेड हाउसले गोरखा रनिङ शिल्ड २०८१ जितेको छ ।
बिधालयको वार्षिक क्यालेन्डर अनुसार प्रत्येक वर्ष यहि समयमा हुने साताब्यापी खेलकुद महासंग्राहममा १२ स्वर्ण १३ रजत र ५ कास्य पदक हात पार्दै रेड हाउसले रनिङ शिल्ड जितेको हो ।
त्यस्तै ११ स्वर्ण,९ रजत र १४ कास्य पदकका साथ ग्रीन हाउस दोस्रो हुदा ब्लु हाउस ९ स्वर्ण,११ रजत र ९ कास्य पदक जितेर तृतीय स्थान हासिल गर्न सफल भयो । एल्लो हाउस उत्कृष्ट अनुशासन हाउस घोषणा भयो ।
कार्यक्रम गोरखा ग्रुपका संस्थापक अध्यक्ष मान बहादुर बुढाको अध्यक्षता तथा लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तिरणदाज गौतमको प्रमुख आतिथ्यता तथा न १९ बाहिनीका प्रमुख सेनानि लेफ्टिनेन्ट कर्नेल श्रवण कुमार सिजापतिको विशिष्ट आतिथ्यमा भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी गौतमले खेलकुद अतिरिक्त क्रीयाकलापको रुपमा नभई अनिवार्य गर्नुपर्ने बताउनु भएको छ । बिधालय क्षेत्रमा खेलकुद अतिरिक्त क्रीयाकलापमा सिमित छ अब अतिरिक्त होईन प्रत्येक बिधालयले खेलकुद अनिवार्य गर्नु पर्छ अनि मात्र खेलकुद क्षेत्रले फड्को मार्छ उहाँले भन्नू भयो । साथै उहाँले खेलकुद सिङ्गो राष्ट्रको सान र पहिचान मात्र नभई स्वस्थ जिवनशैलिको मुख्य मेरुदण्ड भएको समेत बताउनु भयो ।
कार्यक्रममा बिधालयले जिल्लामा यात्रु सुरक्षा लाई सहयोग पुर्याउने उदेश्यले सवारी चालकले मापासे गरे नगरेको चेकजाच गर्ने एक लाख पचास हजारको अत्याधुनिक डिजिटल प्रबिधिको ब्रेथलाईजर मेसिन जिल्ला प्रहरी कार्यालय दाङ लाई प्रदान गरिएको थियो ।
त्यस्तै जापानको ओसाकामा भर्खरै सम्पन्न अन्तराष्ट्रिय रेज तेक्वान्दो प्रतियोगितामा नेपाल लाई स्वर्ण पदक दिलाउने गोरखा माबी तुलसीपुरका खेलकुद संयोजक अन्तराष्ट्रिय खेलाडि मोहन सुनारलाई सम्मान गरिएको थियो ।
बिधालयका प्रधानाध्यापक बिजयमान जिएमको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा न ६ का अध्यक्ष दुजमान भन्डारी,जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी ईश्वर थापा, लगाएतले गोरखा माबी तुलसीपुर शिक्षा,खेलकुद र संस्कारको त्रीवेणी भएको बताएका थिए । शिक्षा संग संगै खेलकुदमा अब्बल रुपमा स्थापित बिधालय गोरखा तुलसीपुरले दाङको सान र गौरवलाई खेलकुदको माध्यमबाट राष्ट्रिय तथा अन्तरास्ट्रिय स्तरमा उच्च राख्न सफल भएको भन्दै तारिफ गरेका थिए ।
सो अवसरमा प्रदेश,जिल्लामा स्थापित खेलकुद संघका अध्यक्ष तथा प्रतिनिधि,प्रशिक्षक,राष्ट्रिय, अन्तरास्ट्रिय खेलाडि,खेलप्रेमी,शिक्षक,अभिभावक, पत्रकार लगाएतको उपस्थिति रहेको थियो । बिधालयका प्राबी संयोजक कमल भन्डारीले सहजीकरण गर्नु भएको कार्यक्रममा बिधालयमा अध्ययनरत बिधार्थिहरुले विभिन्न भेषभुषा,कला संस्कृती झल्कने नृत्य प्रस्तुत गरेका थिए ।
