• ट्रेण्डिङ्ग :
दाङमा हात्तीपाइलेका बिरामी भेटिए

दाङमा हात्तीपाइलेका बिरामी भेटिए


  • 2.7K
    SHARES
    • पौष १७, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 4.1K Views

    दाङमा हात्तीपाइलेका बिरामी भेटिए

    दाङ १७ पुस । दाङमा हात्तीपाइले रोगका बिरामी  भेटिएका छन् । जिल्लामा हात्तीपाइले रोगको औषधी सेवन कार्यक्रम प्रभावकारी भए/नभएको यकिन गर्न गरिएको परीक्षणका क्रममा हात्तीपाइलेका बिरामी पाइएका हुन् ।

    images

    जिल्लामा एक हजार ७८९ घरधुरीका छ हजार ३५३ जनाको नमुना परीक्षण गरिएको थियो । एन्टिजेनबाट ४६ जनाको हात्तीपाइले पोजेटिभ देखिएको बताइएको छ । एन्टिजेनबाट पोजेटिभ आएका ४६ जनाको रगत परीक्षण गर्दा चार जनामा हात्तीपाइले पुष्टि भएको स्वास्थ्य कार्यालय दाङका हात्तीपाइले रोग फोकल पर्सन कमल चन्दले जानकारी दिनुभयो । 

    घोराही उपमहानगरपालिका र गढवा गाउँपालिकामा बिरामी भेटिएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडा तथा स्वास्थ्य कार्यालय दाङको संयुक्त आयोजनामा राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम अन्तर्गत सर्भे गरिएको थियो । 


    तेस्रो आँखा