काठमाडौँ १७ पुस । प्रतिनिधि सभाका नवनियुक्त सचिव हर्कराज राईले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नु भएको छ । बुधवार सिंहदरबारमा सभामुख देवराज घिमिरेले सचिव राईलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले सभामुखको सिफारिसमा पूर्वसचिव राईलाई मंगलवार सचिव पदमा नियुक्त गर्नु भएको हो । शपथ कार्यक्रममा संसद सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेलगायत अधिकारीहरूको सहभागिता रहेको थियो ।
