• ट्रेण्डिङ्ग :
केपी ओली सत्ताको दुरुपयोग गरेर तानाशाह बन्न खोजि रहेका छन् : भीम रावल

केपी ओली सत्ताको दुरुपयोग गरेर तानाशाह बन्न खोजि रहेका छन् : भीम रावल


  • 2.4K
    SHARES
    • पौष १७, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 3.6K Views

    केपी ओली सत्ताको दुरुपयोग गरेर तानाशाह बन्न खोजि रहेका छन् : भीम रावल

    काठमाडौं १७ पुस । नेकपा एमालेबाट निष्कासित नेता भीम रावलले ठूला भनिएका दलहरु सिद्धान्तहिन बन्दै गैइ रहेको बताउनु भएको छ । उहाँले बुधबार पत्रकार सम्मेलन गर्दै ठूलादलहरु गन्तव्यहिन, आर्दशहिन बाटोतर्फ गैइरहेको बताउनु भएको हो ।

    images

    उहाँले भन्नुभयो, ‘ठूला भनिएकादलहरु सिद्धान्तहिन, गन्तव्यहिन र आर्दशहिन बाटोमा लागेका छन् । जसरी जो सँग भएर मिलेर  पनि पद, हत्याउने होडबाजी चलिरहेको छ । अन्तर्राष्ट्रिय सम्बन्ध कुटनीति अत्यन्त फितलो र लज्जासपद बनाइएको छ ।’ यसैगरी उहाँले असमान सन्धि सम्झौंताको भारी निरन्तर बढ्दै गैइरहको  बताउनु भयो । उहाँले राष्ट्रिय सम्पति र सिमा धेरै नै असुरक्षित बनिरहेको पनि बताउनु भयो ।

    उहाँले एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली सत्ताको दुरुपयोग गरेर तानाशाह बन्न खोजेको आरोप लगाउनु भयो । उहाँले आफूले पाँच दशकसम्म काम गरेको एमालेमा केपी ओलीबाट भएको क्रियाकलापको विरोध गरेको स्मरण गराउनु भयो । उहाँले देश र जनताको सर्वोपरि हितको लागिआफू वैकल्पिक बाटो हिँड्न बाध्य भएको बताउनु भयो ।

    उहाँले भन्नुभयो ,‘सत्तामा हालीमुहाली गर्ने भनिएकाहरू नै हस्तक्षेप गर्ने उपकरण बनेका छन्, भाडाका सिपाही, श्रमिक, सुसारे, सेवक भएर विदेशमा पसिना बगाउन थुप्रै नेपाली बाध्य भइरहेका छन् ।’ उहाँले एमालेमा विभाजन गर्न खोज्नेहरुलाई मात्रै ओलीले अवसर दिएको तर पार्टी बनाउनेहरुलाई सदस्यबाट निकाल्ने काम गरेको भन्दै आक्रोश पोख्नुभयो । उहाँले आफूलाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय केपी ओलीले आफूप्रति गरेको चरम प्रतिशोध भएको स्पष्ट पार्नुभयो ।

    उहाँले भन्नुभयो, ‘मेरो ४९ वर्षको पार्टी सदस्यता खोस्ने र ५१ वर्षको राजनीतिक जीवन समाप्त गर्न खोज्ने, पार्टीले प्रतिक्रियावादी र देशद्रोही भनिएकाहरू भ्रष्ट, अनैतिक, विचौलिया र दलालहरूसँग साँठगाँठ गरी केपी ओलीले देशमा के सुशासन र समाजवाद ल्याउन खोजेको भनेर पत्याइदिनु पर्ने हो र ?’ साथै उहाँले एमाले अध्यक्ष केपी शर्मा ओली प्रति आक्रोश पोख्दै झुटा कुरामा लत बसेको आरोप लगाउनु भयो ।

     


    तेस्रो आँखा