• ट्रेण्डिङ्ग :
छाडा चौपायाबाट बाली जोगाउन खेतमै बास

छाडा चौपायाबाट बाली जोगाउन खेतमै बास


  • 2.3K
    SHARES
    • पौष १७, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 3.5K Views

    छाडा चौपायाबाट बाली जोगाउन खेतमै बास

    धनगढी, पुस १७ । छाडा चौपायाबाट बाली जोगाउनका कैलालीका किसान खेतमै बास बस्न बाध्य भएका छन्। राति छाडा चौपाया खेतमा आएर हिउँदे बाली नोक्सान गर्न थालेपछि कृषक खेतमै बास बस्न बाध्य भएका हुन्। उनीहरुले राति नै चौपाया धपाउने गरेका छन्। यसैगरी, छाडा चौपाया आउने नाकामा गस्तीसमेत गर्ने गरेका छन्। हिउँदमा हरेक वर्ष छाडा चौपायाले हैरान पार्ने गरेको कैलारी गाउँपालिका–३ लालपुरका कृषक गुरीलाल चौधरीले बताउनुभयो। 

    images

    उहाँका अनुसार सो क्षेत्रमा भारततर्फबाट राति छाडा चौपाया खेतमा आएर हिउँदेबाली नोक्सान गर्दै आएका छन्। छाडा चौपायाले एकै रातमा बालीमा धेरै क्षति गर्ने गरेकाले आफूहरु खेतमै जाग्राम बस्नु पर्ने बाध्यता सृजना भएको कृषक चौधरीको भनाइ छ। 

    छाडा चौपायाले कृषिमा ठुलो नोक्सान गरिरहेतापनि सो समस्या समाधानका लागि स्थानीय तहले सहयोग नगरेको किसानको गुनासो छ। भर्री, के गाउँ, भितरिया, लालपुर, शिवरत्नपुर, मोहनपुर, भुईयाँफाँटा, छटकपुर बसन्ता, बर्का बसन्ता, तिघरी लगायतका क्षेत्रमा छाडा चौपाया समस्याले किसान हैरान बनेका छन्। हिउँदेबाली जोगाउन हिउँदभरि उनीहरुले गस्ती गर्नु पर्ने बाध्यता रहेको छ। 

    किसानका अनुसार धेरै छाडा चौपाया बसन्ता वन क्षेत्रमा बसिरहेका छन्। त्यसैगरी, भारततिरबाट पनि अत्यधिक चौपाया आउने गरेका छन्। वनमा बसिरहेका छाडा चौपायाले बच्चा जन्माउँदै गरेकाले सङ्ख्या बढ्दै गएको जनाइएको छ।   


    तेस्रो आँखा