• ट्रेण्डिङ्ग :
प्रधानमन्त्री ओली र श्रीलङ्काका पूर्व राष्ट्रपति विक्रमासिङ्घेबीच भेटवार्ता

प्रधानमन्त्री ओली र श्रीलङ्काका पूर्व राष्ट्रपति विक्रमासिङ्घेबीच भेटवार्ता


  • 2.6K
    SHARES
    • पौष १८, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 4.0K Views

    प्रधानमन्त्री ओली र श्रीलङ्काका पूर्व राष्ट्रपति विक्रमासिङ्घेबीच भेटवार्ता

    काठमाडौँ १८ पुस । प्रधानमन्त्री केपी शर्मा ओली र श्रीलङ्काका पूर्व राष्ट्रपति रनिल विक्रमासिङ्घेबीच आज भेटवार्ता भएको छ ।

    images

    प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध र परस्पर हितका विविध पक्षमा कुराकानी भएको थियो । भेटका अवसरमा प्रतिनिधिसभाका सदस्य एवं वरिष्ठ उद्योगपति विनोद चौधरीसमेत सहभागी हुनुहुन्थ्यो । विक्रमासिङ्घे प्रधानमन्त्री ओलीका एक पुराना मित्र हुनुहुन्छ ।

    यही पुस १३ गते निजी भ्रमणमा नेपाल आउनुभएका श्रीलङ्काका पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका विक्रमासिङ्घे आज स्वदेश फर्कँदै हुनुहुन्छ ।

     


    तेस्रो आँखा