• ट्रेण्डिङ्ग :
बालगायक सचिन परियारको निधन, अन्त्येष्टिको तयारी (भिडियो)

बालगायक सचिन परियारको निधन, अन्त्येष्टिको तयारी (भिडियो)


  • 4.1K
    SHARES
    • पौष १८, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 6.3K Views

    बालगायक सचिन परियारको निधन, अन्त्येष्टिको तयारी (भिडियो)
    बालगायक सचिन परियारको निधन भएको छ। स्वास्थ्यमा समस्या देखिएपछि महाराजगञ्जस्थित टिचिङ अस्पताल भर्ना भएका परियारको आज बिहान १० बजे निधन भएको हो ।
    स्वास्थ्यमा समस्या देखिएपछि सचिन हिजो उनी अस्पताल भर्ना भएका थिए। छोराको निधनबारे उनका बुवा तेजेन्द्र परियारले पुष्टि गरेका छन् । 
    सचिनको स्वास्थ्य अवस्थामा समस्या आएको र उपचारको लागि रकम आवश्यकता भएको भन्दै उनको परिवारले आर्थिक सहयोगको माग समेत गरेको थियो।
    भाइरल बाल गायकका रुपमा परिचित सचिनले गाएका गीत समाजिक सञ्जालमा चर्चित छन् । उनको शवलाई अस्पतालबाट निकालेर अन्तिम संस्कारका लागि लैजाने तयारी भइरहेको छ । 
    सचिनले महानयक राजेश हमालसँग एक म्युजिक भिडियो अभिनय गरेका थिए। हास्य श्रृखला ‘मेरी बास्सै’मा पनि उनले अभिनय गरेका छन्।
    ‘रातो रबर एक’, ‘रुमाल खस्छकी’, ‘के छ र हजुर’, ‘बरको छाँयाले’लगायत उनका रुचाइएका गीत हुन्। भाइरल बालगायकका रुपमा परिचित सचिन थुप्रै गीत गाएका छन्, भने अभिनेता राजेश हमालसँग एक म्युजिक भिडियो अभिनय गरेका छन् ।
    उनले हांस्य श्रृखला ‘मेरी बास्सै’मा पनि अभिनय गरेका छन् । सचिनलाई संचारकर्मी मोहन बस्नेतले गुल्मीदेखि काठाडौँ ल्याएका थिए ।
    पारिवारिक विचलनको मारमा परेका सचिनलाई विभिन्न निकाय, संचारमाध्यमले ठूलो सहयोग गरेता पनि उनको रेखदेखमा कमी भएका कारण पटक पटक स्वास्थ्य समस्या भोग्दै आएका सचिनले अन्तत टिचिमा अन्तिम श्वास फेरेका छन् । एक सातादेखि टिचिङमा उपचार गराइरहेका बेला सचिनको स्वास्थ्य अवस्था झनै कमजोर बन्दै गएको उनका बाबु परियारले जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # सचिन परियार

  • तेस्रो आँखा
    लेखकबाट थप