• ट्रेण्डिङ्ग :
बझाङमा जिप दुर्घटना हुँदा एकै परिवारका तीनसहित चार जनाको मृत्यु

बझाङमा जिप दुर्घटना हुँदा एकै परिवारका तीनसहित चार जनाको मृत्यु


  • 2.0K
    SHARES
    • पौष १९, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 3.1K Views

    बझाङमा जिप दुर्घटना हुँदा एकै परिवारका तीनसहित चार जनाको मृत्यु

    बझाङ, १९ पुस । बझाङमा जिप दुर्घटना हुँदा एकै परिवारका तीनसहित चार जनाको मृत्यु भएको छ ।

    images

    बिहीबार राति तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुर आउने क्रममा धमेना नजिकै से१ज ८४३ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख युवराज भण्डारीले जानकारी दिए । 

    उनका अनुसार तीन जनाको घटनास्थलमा र एक जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो ।

    मृत्यु हुनेमा जिप चालक केदारस्यूँ गाउँपालिका–१ रायलका अन्दाजी ३३ वर्षीय शमशेर मल्ल, तलकोट गाउँपालिका–४ की ७२ वर्षीया जौमतीदेवी धामी र उनका छोरा ३६ वर्षीय बम्मबहादुर धामी, धामीकै नातिनी ६ वर्षीया बालिका आकृति धामी रहेका छन् ।  

    आकृतिको जिल्ला अस्पताल बझाङ ल्याउनेक्रममा बाटोमा मृत्यु भएको जिल्ला अस्पतालका डा.विनय जोशीले जानकारी दिए ।  जीप सडकबाट करिब दुई सय मिटर तल खसेको छ ।


    तेस्रो आँखा