• ट्रेण्डिङ्ग :
संघिय संसद अन्तरगत ६ वटा समितिको बैठक बस्दै

संघिय संसद अन्तरगत ६ वटा समितिको बैठक बस्दै


  • 1.7K
    SHARES
    • पौष १९, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 2.6K Views

    संघिय संसद अन्तरगत  ६ वटा समितिको बैठक बस्दै

    काठमाडौं १९ पुस । आज संघिय संसद अन्तरगत ६ वटा समितिको बैठक बस्दै छ । जस अन्तरगत अर्थ समितिको बैठक बिहान ११ बजे अर्थ समितिको बैठक कक्षमा बस्दैछ । बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा सरोकारवालासँग छलफल गरिदैछ ।

    images

    यस्तै, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक आज बिहान ११ बजे समितिको सभा कक्षमा बस्दैछ । बैठकको कार्यसूचीमा नेपालवायु सेवा निगमको विमान सञ्चालन व्यवस्थापन तथा सेवा सञ्चालनका सम्बन्धमा र नेपाल पर्यटन वोर्डको कार्य सम्पादन स्थितिको बिषयमा छलफल हुदैछ ।

    त्यसैगरी, कृषि, सहकारी तथा प्राकृतिक स्रोतसमितिको ३१ औं बैठकपनिआज ११ बजे बस्दैछ । बैठकमा नेपालमा जलबायु परिवर्तनबाट पुग्न गएको असर र यसको न्यूनीकरण गर्ने सम्बन्धमा नेपालबाट भएका प्रयासहरु तथा कोप–२९ लगायतका अन्तर्राष्ट्रिय स्तरका फोरमहरुमा नेपालको सहभागिताको अवस्था, यसमा भएका सबल तथा कमजोर पक्षहरु र आगामी दिनहरुमा यस प्रकारका सम्मेलनमा सक्रिय तथा प्रभावकारी सहभागितालाई उपलब्धिमूलक बनाउँने सम्बन्धमा गर्नुपर्ने पूर्व तयारीका सम्बन्धमा वन तथा वातावरण मन्त्रालयसँग छलफल गरिदैछ ।

    यस्तै, आज राज्य व्यवस्था तथा सुशासन समितिको पचपन्नौँ बैठक बिहान ११ः३० बजे बस्दैछ । बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्वन्धमा छलफल गरिनेछ ।  शिक्षा, स्वास्थ्यतथा सूचनाप्रविधि समितिको बैठक आज बिहान ११ बजे कानून, न्याय तथा मानवअधिकार समितिको बैठक कक्षमा बस्दैछ । बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८०को सम्बन्धमा छलफल हुदैछ । यस्तै, आज संघीय संसद, राष्ट्रिय सभा, विधायनव्यवस्थापन समितिको २९ औँ बैठकपनि बस्दैछ । बैठकमा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल हुदैछ । बैठक बिहान ११ः०० बजे बस्दैछ । 

     


    तेस्रो आँखा