• ट्रेण्डिङ्ग :
कर्तब्य ज्यान मुद्दाका फरार यादव पक्राउ

कर्तब्य ज्यान मुद्दाका फरार यादव पक्राउ


  • 2.5K
    SHARES
    • पौष १९, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 3.8K Views

    कर्तब्य ज्यान मुद्दाका फरार यादव पक्राउ

    रौतहट १९ पुस । रौतहट प्रहरीले कर्तब्य ज्यान मुद्दाका फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ । राजदेवी नगरपालिका वडा न १ बस्ने बर्ष २० को राम नरेशराय यादवलाई प्रहरीले पक्राउ गरेको हो ।

    images

    २०७९ साल फाल्गुन २४ गते सोही स्थान बस्ने बर्ष २५ का गजेन्द्र दासको कुटपिट गरि हत्या गरेको आरोपमा पक्राउ गरिएको  जिल्ला प्रहरी कार्यलय रौतहटका सह–प्रवक्ता तथा सूचना अधिकारी राम कुमार महतोले जानकारी दिए ।  उनका अनुसार कर्तब्य ज्यानका घटनामा फरार रहेका यादवका परिवारसँग अनुसन्धानमा सहयोग गरेमा सजाय  छुटको व्यवस्था रहेको भनि गरिएको कानुनी परामर्शबाट पक्राउ गरिएको हो ।

    फरार रहेका यादव सोही कुराबाट अभिप्रेरित भइ प्रहरीमा हाजिर हुन आएको रौतहट प्रहरीले उल्लेख गरेको छ । पक्राउ परेका यादवलाई अदालतबाट जारी भएको पक्राउ पूर्जी दिएको र जिल्ला अदालतबाट म्याद लिएर थप अनुसन्धान भैइरहेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।


    तेस्रो आँखा