काठमाडौं, २० पुस । मौसम पूर्वानुमान महाशाखाले शनिबार देशभर पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । महाशाखाले जारी गरेको बुलेटिनअनुसार शनिबार बिहान गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।
तराईका केही स्थानहरुमा हुस्सु/हिरो लागेको छ। शनिबार दिउँसो सबै प्रदेशका हिमाली, पहाडी र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरेको छ।
राति भने लुम्बिनीको पहाडी भूभाग, कर्णाली र सुदूरपश्चिमका हिमाली र पहाडी दुवै क्षेत्रमा मौसम आंशिक बदली हुने पूर्वानुमान गरेको छ।
बिहानको समयमा तराई तथा उपत्यकाका धेरै स्थानहरूमा हुस्सु/कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन,स्वास्थ्य,यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ।
