• ट्रेण्डिङ्ग :
एमाले केन्द्रीय समितिको बैठक बस्दै

एमाले केन्द्रीय समितिको बैठक बस्दै


  • 1.7K
    SHARES
    • पौष २१, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 2.7K Views

    एमाले केन्द्रीय समितिको बैठक बस्दै

    काठमाडौं । नेकपा एमालेको केन्द्रीय समिति बैठक बिहान ११ बजेबाट सुरु हुँदैछ । बैठकमा पुस १८ गते बसेको सचिवालय बैठकले पारित गरेको पार्टी अध्यक्ष केपीशर्मा ओलीले पेस गर्ने राजनीतिक प्रतिवेदन माथि छलफल हुनेछ ।

    images

    साथै, सरकार गठनपछि ६ महिनाको समीक्षा प्रतिवेदन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिमा पार्टीलाई कसरी अघि बढाउने विषयमा केन्द्रीय सदस्यले आ–आफनो धारणा राख्नेछन् । बैठकको प्रारम्भमा अध्यक्ष ओलीले पछिल्लो राष्ट्रिय राजनीतिक परिस्थितिका बारेमा मन्तव्य दिनेछन् ।

    अध्यक्ष ओली नेतृत्वमा सरकार गठन भएपछि पहिलो पटक केन्द्रीय समिति बैठक बस्न लागेको हो । संसद्को हिउँदे अधिवेशनको पूर्व सन्ध्यामा बस्न लागेको बैठकले संविधान संशोधन लगायतका ‘एजेण्डा’मा ठोस धारणा तय गर्ने छ ।


    तेस्रो आँखा