• ट्रेण्डिङ्ग :
हेटौँडा उपमहानगरपालिमा बाघको आतंक बढ्दो

हेटौँडा उपमहानगरपालिमा बाघको आतंक बढ्दो


  • 2.7K
    SHARES
    • पौष २१, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 4.1K Views

    हेटौँडा उपमहानगरपालिमा बाघको आतंक बढ्दो

    हेटौँडा २१ पुस । दुईवटा राष्ट्रिय निकुञ्जसँग जोडिएको हेटौँडा उपमहानगरपालिका वडा नंबर १२ र १३ को सिमाना क्षेत्रमा बाघ देखा परेको छ ।  शनिबार राति स्थानीयहरुले गाउँ वरपरको क्षेत्रमा बाघ देखा परेको बताएका छन् ।

    images

    नेपाली कांग्रेसका नेता समेत रहेका हेटौँडा १२ का स्थानीय कुमार पोखरेलले हेटौंडा १२ र १३ को सिमाना बिचरोडमा बाघ देखिएको र सो बाघ १२ नम्बरको रमनटारमा पनि देखिएको सामजिक संजाल मार्फत जानकारी दिएका छन् ।

    पछिल्लो एक हप्तादेखि दक्षिण–पश्चिमम कवानपुरका मानिसहरु बाघको आतंकबाट त्रसित भएका छन् । स्थानीयहरुले बाघ देखिएको खबर गरेपछि बाघ नियन्त्रणको लागि निकुञ्जसंग समन्वय गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।


    तेस्रो आँखा