• ट्रेण्डिङ्ग :
माओवादी केन्द्रको छैटौँ पूर्ण बैठकको तेस्रो दिनको छलफल सुरु

माओवादी केन्द्रको छैटौँ पूर्ण बैठकको तेस्रो दिनको छलफल सुरु


  • 1.5K
    SHARES
    • पौष २३, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 2.3K Views

    माओवादी केन्द्रको छैटौँ पूर्ण बैठकको तेस्रो दिनको छलफल सुरु

    काठमाडौँ २३ पुस । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको छैटौँ पूर्ण बैठकको तेस्रो दिनको छलफल सुरु भएको छ ।

    images

    काठमाडौँमा जारी आठौँ केन्द्रिय समितिको छैटौँ पूर्ण बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गर्नुभएको राजनीतिक प्रस्तावमाथिको छलफलमा केन्द्रिय सदस्यहरुले धारणा राख्नेक्रम जारी छ ।  

    बैठकको सुरुमा अध्यक्ष प्रचण्डले संक्षिप्त धारणा राख्दै राजनीतिक प्रस्तावमा सबैको सर्वसम्मत धारणा आएकाले आज दिउसो २ बजेसम्ममा छलफल सकेर निर्णय प्रक्रिया अघि बढ्ने जानकारी गराउनु भएको छ । 

    यसअघि हिजो ८० जना केन्द्रिय सदस्यहरुले राजनीतिक प्रस्तावमाथि आफ्नो धारणा राख्नुभएको थियो । काठमाडौँमा जारी केन्द्रिय समितिको पूर्ण बैठक आजै सकिने नेकपा माओवादी केन्द्रले जनाएको छ । 


    तेस्रो आँखा