• ट्रेण्डिङ्ग :
शासकीय जिम्मेवारी लिनेहरू संघीयताप्रति उदार बन्न सकेनन् : थापा

शासकीय जिम्मेवारी लिनेहरू संघीयताप्रति उदार बन्न सकेनन् : थापा


  • 1.8K
    SHARES
    • पौष २३, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 2.8K Views

    शासकीय जिम्मेवारी लिनेहरू संघीयताप्रति उदार बन्न सकेनन् : थापा

    काठमाडौं २३ पुस । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारको नेतृत्व गर्ने राजनीतिक दलका शिर्ष नेताहरु संघीयताप्रति उदार बन्न नसकेको बताउनु भएको छ ।

    images

    मंगलवार ललितपुरमा संघीयता सबलीकरणको कसीमा प्रदेशका सवालहरु विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताउनु भएको हो । उहाँले शासकीय जिम्मेवारी लिने राजनीतिक दलका नेताहरु सघीयताप्रति उदार हुन नसक्दा अहिलेको परिणाम आएको बताउनु भयो ।

    उहाँले संघीयताप्रति अनुदार भएर विकासका कामहरु हुन नसक्ने बताउनु भयो । महामन्त्री थापाले संघीयतासम्बन्धी बन्न नसकेका कानून बनेनन् भने सरकारबाट बाहिरिन्छु भन्नेकुरा नयाँ र क्षेत्रीय दलहरुले समेत भन्न नसकेको बताउनु भयो ।

    उहाँले सबैलाई सरकारमा बस्नका लागि शर्त नराखिकन अघि बढ्ने गरेको बताएउनु भयो। उहाँले शासन गर्ने ठाउँमा गइसकेपछि अधिकार मुठीमा लिनेगरी सोच बनाइने गरेको बताउनु भयो । महामन्त्री थापाले नतिजा राम्रो नआएपछि सबैले प्रदेशलाई भारी बोकाउने गरेको बताउनु भयो ।


    तेस्रो आँखा