• ट्रेण्डिङ्ग :
सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु


  • 4.2K
    SHARES
    • पौष २४, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 6.4K Views

    सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

    सल्यान, २४ पुस । सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा छत्रेश्वरी गाउँपालिका–१, मयानी भन्ने गाउँका अन्दाजी ४९ वर्षीय क्षेत्रबहादुर खत्री रहेका छन् ।

    images

    जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार आज बिहान सोही ठाउँको भालुमारेदेखि मयानी जाँदै गरेको लु.प्र०२०० त ००१२ नम्बरको ट्याक्टर मयानी नजिकै दुर्घटना भएको हो । 

    जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी बाबुराम बस्नेतले ट्याक्टर सडकबाट केही तल खसेको छ । ट्याक्टर चालक भने अहिले फरार रहेको र खोजी कार्य भइरहेको उहाँले बताउनु भएको छ ।


    तेस्रो आँखा