• ट्रेण्डिङ्ग :
रुकुमपश्चिममा पुरुषको शव फेला

रुकुमपश्चिममा पुरुषको शव फेला


  • 2.4K
    SHARES
    • पौष २४, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 3.7K Views

    रुकुमपश्चिममा पुरुषको शव फेला

    रुकुम २४ पुस । रुकुमपश्चिममा एक पुरुषको शव फेला परेको छ । बुधबार बिहान आठबिसकोट नगरपालिका –१३ भल्ल गाउँ नजिक ठुलीभेरी नदि किनारमा एक पुरुषको शव फेला परेको हो ।

    images

    जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार नदी छेउमा शव रहेको सूचनापश्चात् प्रहरी टोली घटनास्थल पुगेको छ । शवको पहिचान भने हुन सकेको छैन । शरीरमा कपडा नभएको अवस्थामा पुरुषको शव भेटिएको उहाँले जनाउनुभयो ।

    प्रहरीले स्थलगत घटनास्थल मुचुल्का तयार गरेर पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्ले पठाएको उहाँले जानकारी दिनुभयो ।


    तेस्रो आँखा