काठमाडौं, २५ पुस । सल्यानको कुपिण्डे नगरपालिका(११, सिस्नेपातलमा मृत भेटिएका दिदीबहिनीको हत्या आशंकामा प्रहरीले आमा पुर्णिमा रानालाई पक्राउ गरेको छ ।
बुधबार बिहान घरभित्रै पुर्णिमाका ६ महिने र ३ वर्षकी छोरी मृत अवस्थामा फेला परेकी थिइन् ।
उनीहरुको हत्या आशङ्कामा आमा रानालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सुचना अधिकारी रमेश क्षेत्रीले बताउनु भएको छ।उनीहरुका बाबु टेकमान राना रोजगारीका सिलसिलामा नुवाकोटमा रहेका थिए । छोरीहरुसंग उनीहरुकी आमा बस्दै आएकी थिइन् ।
सल्यानमा घरभित्रै दिदी(बहिनीको शंकास्पद मृत्यु
आमाबाट नै घटना घटेको हुनसक्ने आशङ्कासहित प्रहरीले आमा रानालाई पक्राउ गरेको हो । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
श्रीमानसँग फोनमा झगडा भएको र त्यही रिसमा आफू पनि मर्ने उद्देश्यसहित छोरीलाई मारेको पूर्णिमाले प्रहरी समक्ष भनेकी छन् ।
