• ट्रेण्डिङ्ग :
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको पासपोर्ट रद्द

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको पासपोर्ट रद्द


  • 3.1K
    SHARES
    • पौष २५, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 4.7K Views

    बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको पासपोर्ट रद्द

    काठमाडौं २५ पुस । निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको पासपोर्ट रद्द भएको छ। बंगलादेशले मंगलबार उनीसहित ९७ जनाको पासपोर्ट रद्द गरेको द हिन्दुले जनाएको छ। गत जुलाईदेखि अगष्टसम्म बंगलादेशमा आरक्षणविरूद्धको विद्यार्थी आन्दोलन भएको थियो।

    images

    आरक्षणविरूद्धको आन्दोलन सरकारको नियन्त्रणबाहिर भएपछि गत अगस्ट ५ (साउन २१ गते) मा हसिनाले देश छाडेकी थिइन्।

    ‘पासपोर्ट विभागले मानिस बेपत्ता पार्ने घटनामा संलग्न २२ जना र हत्याका घटनामा संलग्न रहेको आरोपमा हसिनासहित ७५ जनाको पासपोर्ट रद्द गरेको हो,’ अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसका प्रेस सल्लाहकारले भने।

    युनुसले सरकार प्रमुखको रूपमा शपथ लिँदा नै पासपोर्ट रद्द गर्ने बताएका थिए। हसिनाको पासपोर्ट रद्द भएसँगै भारतमा उनको बसाइ कठिन हुने विभिन्न भारतीय सञ्चार माध्यमले जनाएका छन्। हसिनालाई पक्राउ गर्न बंगलादेशले इन्टरपोलमा पनि रेड कर्नर नोटिसका लागि पत्राचार समेत गरेको थियो। 


    तेस्रो आँखा