तुलसीपुर २५ पुस । तुलसीपुरमा बुधबार बसको ठक्करबाट महिलाको मृत्यु भएपछि आफन्तहरु आन्दोलनमा उत्रिएका छन् । बिहीबार दिउँसो आफन्तहरुले तुलसीपुरको विरेन्द्र चोकमा टायर बालेर चक्काजाम गरेका छन् ।
उचित क्षतिपुर्तीको माग गर्दै बाख्लो मात्रामा आफन्तहरु आन्दोलनमा उत्रिएपछि अहिले तुलसीपुरको विपीचोकदेखि बिरेन्द्र चोकसम्म पुरै ठप्प छ । मृतकका आफन्तहरुले पीडितलाई न्याय, परिवारको दीर्घकालीन व्यवस्थापन गर र चालकलाई कार्वाहीको माग गर्दै मान्छे मार्न पाइदैन्, भन्दै नाराबाजी गरिरहेका छन् ।
बुधबार दिउँसो बिरेन्द्र चोकबाट बसपार्क तर्फ जाँदै गरेको लु. प्र. ०२००१ ख ४४ नं. को बसले ठक्कर दिँदा तुलसीपुर ५ सम्झना टोल निवासी ३९ वर्षीया तिर्सना घर्तीको मृत्यु भएको हो ।
