• ट्रेण्डिङ्ग :
मेडिकल चश्मामा लाग्ने भ्याट हटाउन पहल गर्छु : उपप्रधानमन्त्री सिंह

मेडिकल चश्मामा लाग्ने भ्याट हटाउन पहल गर्छु : उपप्रधानमन्त्री सिंह


  • 4.6K
    SHARES
    • पौष २६, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 7.0K Views

    मेडिकल चश्मामा लाग्ने भ्याट हटाउन पहल गर्छु : उपप्रधानमन्त्री सिंह

    काठमाडौं, २६ पुस । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले मेडिकल चश्मामा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन पहल गर्ने बताउनु भएको छ ।

    images

    शुक्रवार काठमाडौंमा आयोजित नेपाल नेत्रज्योति संघ केन्द्रीय सभाको २९ औँ अधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

    नेत्र ज्योतिको समस्या हुने व्यक्तिको आँखा र स्वास्थ्यका लागि चिकित्सले प्रयोग गर्न सुझाव दिने चश्मामा लाग्ने कर हटाउनुपर्नेमा उहाँको जोड छ ।

    उहाँले नेत्रज्याति संघ गैरसरकारी र गैरनाफामुलक भएको उल्लेख गर्दै चश्मामा लाग्ने मूल्य अभिवृद्धि कर व्यवहारिक बनाउनसके संघले गरिरहेको कार्यमा टेवा पुग्ने बताउनु भएको हो । उहाँले मेडिकल चश्मामा लगाइने मूल्य अभिवृद्धि कर हटाउन अर्थमन्त्री र प्रधानमन्त्रीसँग पहल गर्ने बताउनु भएको छ ।


    उहाँले नेत्रज्योति संघले गरिरहेको कार्यको प्रशंसा गर्दै जारी अधिवेशनको सफलताको लागि शुभकामना समेत व्यक्त गर्नुभएको हो ।


    तेस्रो आँखा